विक्रम सुनार र प्रीति आलेको आवाजमा ‘निगाली झाँपो’ गीत सार्वजनिक भएको छ। आर्थिक क्षेत्रको पत्रकारसमेत रहेका सुनारको सांगीतिक कोसेली कमल थापा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सुनारले यसअघि पनि आफ्ना केही गीतहरू बजारमा ल्याइसकेका छन्। ‘निगाली झाँपो’को लय तथा शब्द सिर्जना कलाकार भुवन विकेको रहेको छ। गीतमा भुवन विकेले नै संगीत संयोजन गरेका छन्।
म्युजिक भिडियोमा अस्मिता रनपाल, यशु भट्टराई, अजय विके, भुवन विके, बिक्रम सुनारलगायतलाई देख्न सकिन्छ। म्युजिक भिडियो निर्देशन कमल थापाले गरेका छन् भने छायांकन सुमन थापा र विकास थापाले गरेका छन्। भिडियो सम्पादन भने सुमन थापाले गरेका हुन्।