चट्याङ लागेर अछाममा दुईजना घाइते

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण
चट्याङ लागेर अछाममा दुईजना घाइते

चट्याङले क्षति गरेको घर

चट्याङ लागेर अछामको मेल्लेख– ५ धामीगाउँका तुले धामी र उनका नाति गणेश धामी घाइते भएका छन्। घरमा चट्याङ पर्दा ६२ वर्षीय धामी र उनका दुई वर्षका नाति गणेश घाइते भएका हुन्।

सोमबार दिउँसो अविरल वर्षासँगै परेको चट्याङले घरमा रहेको बिजुलीको तार सर्ट हुँदा घाइते भएका बाजेनाति दुवैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरूको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ। 

सुझावित समाचार