टाइब्रेकरमा भुटान पराजित, नेपाल फाइनल प्रवेश

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण
टाइब्रेकरमा भुटान पराजित, नेपाल फाइनल प्रवेश

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध नेपाल विजयी भएको छ।

निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा नेपालले जित निकालेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेकाे छ।

पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६औँ मिनेटमा भुटानले नेपालविरुद्ध अग्रता लिएको थियो। ७७औँ मिनेटमा नीराजन धामीले बराबरी गरे पनि त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा गएको हो।

लगातार पहिलो दुई संस्करणको उपाधि उचालेको नेपाल त्यसपछिका तीन प्रतियोगितामा सेमिफाइनलबाटै बाहिरिएको थियो। सन् २०१५ र २०१७ मा उपाधि जितेको नेपालले पुनः उपाधि दाबेदारी प्रस्तुत गरेको छ।

दोस्रो सेमिफाइनलको विजेतासँग नेपालले उपाधिका लागि भिड्नेछ। दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुनेछ।

सुझावित समाचार