सुनको मूल्य तोलामा एक हजारले वृद्धि

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. एक हजारले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५२ हजार चार सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. ३५ ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु. एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु. एक हजार आठ सय ५० निर्धारण भएको छ।

सुझावित समाचार