स्रोत नखुलेको १५ लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

स्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख २४ हजार ९०० (२४ लाख ३८ हजार ९८४ नेपाली रुपैयाँ) सहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। भारतको वैशाली जिल्ला हाजीपुर नगरपालिका– ४ निवासी मोहन कुमार र ललन कुमारलाई प्रहरीले पक्राउ गरेको हो।

जलेश्वर नगरपालिका– ३ मलिवारास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मले गेटअगाडिबाटै उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक गान्धरकुमार चौलागाईंले बताए।

बिआर ३१ एके ८८०७ नम्बरको कारको डिक्कीमा लुकाइछिपाई नेपाल प्रवेश गरेको अवस्थामा सशस्त्र प्रहरीको चेकजाँच टोलीले पक्राउ गरेको हो।

सुझावित समाचार