४१ यात्रुमध्ये ३१ जनाको उद्धार : गृह मन्त्रालय

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण
४१ यात्रुमध्ये ३१ जनाको उद्धार : गृह मन्त्रालय

तस्बिर : नेपाल प्रहरी

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐना पहरामा दुर्घटना भएको भारतीय नम्बरको बसमा ४१ यात्रु सवार रहेको गृह मन्त्रालयले जनाएको छ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस आज बिहान करिब साढे ११ बजेतिर मर्स्याङ्दी  नदीमा खसेको हो।

४१ यात्रुमध्ये ३१ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। तीमध्ये १४ जना अचेत छन् भने १७ जना बोल्न सक्ने अवस्थामा छन्। घाइते पाँचजनाको आबुखैरेनीमा उपचार भइरहेको छ भने एकजनालाई भरतपुर लगिएको छ। 

उद्धार कार्यमा हेलिकाेप्टरसहित नेपाल प्रहरीबाट ४३, सशस्त्र प्रहरी बल नेपालबाट ३५ र नेपाली सेनाबाट ३५ जना गरी ८८ जना परिचालित भएका छन्।

सुझावित समाचार