तोलामा पाँच सयले घट्यो सुनको मूल्य

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. पाँच सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने  एक लाख ५१ हजार चार सय रुपैयाँ  निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. १५ ले घटेको छ । बिहीबार प्रतितोला रु. एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु. एक हजार आठ सय १५ निर्धारण भएको छ ।

See More On

सुझावित समाचार