सरकारले सर्तसहित टिकटक खोल्न दिने भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत २४ साउनमा सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका थिए।
सोही आधारमा सञ्चार मन्त्रालयले प्रस्ताव तयार गरेको थियो।