रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– १० बयाल्यामा बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन्। गएराति धितालको घर भत्किँदा घरमा रहेका २२ बाख्रा पुरिएर मरेका हुन् । घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । सोही घर भत्किँदा बाख्रा मरेका हुन्। घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए।
घरपरिवार अस्थायी आवास (टहरो) मा बसेकाले मानवीय क्षति भने भएको छैन। अन्य क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए ।