अरिँगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

रुकुम पूर्वमा अरिँगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।  जिल्लाको भूमे गाउँपालिका– ९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।

अरिँगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका– ७ नाथीघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 

उनका अनुसार सिस्ने गाउँपालिका– ५ स्थित  धौलापैरा जंगलमा अरिँगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिँगालले टोकेर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको क्रममा घर्तीको मृत्यु भएको हो ।

सुझावित समाचार