जनयुद्धका बेला ताप्लेजुङमा मारिएका व्याक्तिहरुलाई समेटेर प्रकाशित ‘ताप्लेजुङका महान सहिदहरु’ पुस्तकको विमोचन गरिएको छ। नेकपा माओबादी केन्द्र ताप्लेजुङमार्फत महान सहिद स्मृति प्रतिष्ठान ताप्लेजुङले बुधबार पुस्तक विमोचन गरिएको होर
जिल्लाका सहिदहरुको फोटोसहित पुस्तक सार्वजनिक गरिएको छ। पुस्तकमा जिल्लामा रहेका नौ स्थानीय तहका ६१ वडाका १७६ सहिदलाई समेटिएको छ। नेकपा माओबादी केन्द्र ताप्लेजुङको कार्यालयमा माओवादी केन्द्रिय सदस्य तथा ताप्लेजुङ जिल्ला ईन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग)ले पुस्तक विमोचन गरेका हुन्।
जिल्लामा २०५२ सालदेखि २०६२/०६३ को जनआन्दोलनका क्रममा मारिएका शहिदहरुको नाम, थर र ठेगानासहित विवरण समेटेरे बनाइएको पुस्तक सार्वजनिक गरिएको नेकपा माओबादी केन्द्र ताप्लेजुङका संयोजक विष्णु हाम्बाङले जानकारी दिए।