हलेसी मन्दिरलाई एसबिआई बैंकको दुई लाख सहयोग

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकले हलेसी तुवाचुङ नगरपालिकाको खोटाङस्थित हलेसी महादेव मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तिर्थालुको सहजताका लागि आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपककुमार देले मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरे । 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीसमेतको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समय–समयमा यस्ता गतिविधि गर्दै आइरहेकोे जनाएको छ ।

बैंकले देशभरका सय शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

सुझावित समाचार