संखुवासभाको खाँदबारी नगरपालिका–८ डाँडागाउँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
आज सोमबार बिहान करिब ७ बजेतिर स्थानीय ६६ वर्षीया खड्गकुमारी कटवालको करेन्ट लागेर मृत्युु भएको खाँदबारी– ८ का वडासदस्य उमेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मृतक कटवालको आजै जिल्ला अस्पतालमा पोस्टमार्टमपछि दिउँसो जातीय संस्कारअनुसार आफन्तले अत्येष्टि गरेको वडासदस्य श्रेष्ठले बताए।
बिहान उठेर शौचालय जाने क्रममा शौचालयको जस्तापातामा कटवाललाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
राति चट्याङ पर्दा शौचालयको बिजुली सर्ट भएको र ती महिलाले शौचालयको छानोमा रहेको नांगोतार अचानक छुँदा करेन्ट लागेको पाइएको प्रहरीको भनाइ छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयभन्दा करिब पाँच किलोमिटरको दूरीमा रहेको छ।