साफ यू–२० : श्रीलंकाविरुद्ध नेपाल विजयी

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण
साफ यू–२० : श्रीलंकाविरुद्ध नेपाल विजयी

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

छैटौँ संस्करणको साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध १–० गोल अन्तरको जित निकालेको हो।

खेलको २३औँ मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल भयो ।

प्रतियोगितामा साफबाट पाकिस्तानबाहेक घरेलु टोली नेपाल, साबिक विजेता भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटानको सहभागिता रहेको छ । नेपालले अब बिहीबार बंगलादेशको सामना गर्नेछ।

See More On

सुझावित समाचार