१४ खर्ब ४५ अर्ब विप्रेषण भित्रियो

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०८०/८१ मा रु. १४ खर्ब ४५ अर्ब ३२ करोडबराबरको विप्रेषण मुलुकमा भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६.५ प्रतिशतले वृद्धि भएको हो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ। आव ०७९/८० मा यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ६० हजार एक सय तीन र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८१ हजार १९९ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख ९७ हजार ७०४ र दुई हजार ७७ हजार २७२ रहेको थियो। समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई रु. १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो। रासस

सुझावित समाचार