तीन हजार विन्दुबाट ओरालो लाग्यो नेप्से परिसूचक

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.४७ अंकले ओरालो लागेर दुई हजार ९६६.३३ मा सीमित भएको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.६५ अंकले ओरालो लागेर ५२८.८५ मा कायम भएको छ। नेप्सेका अनुसार आज कुल छ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर रु. २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ मा कारोबार भएको छ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ। राष्ट्रिय बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिप्रपोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाएका छन्।

नेपाल फाइनान्स १०, सगरमाथा जलविद्युत् कम्पनी ८.५२, न्यादी हाइड्रोपावर ८.४६, शुभम् पावर ७.७४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले ७.५८ प्रतिशतले गुमाएका छन्। रासस

सुझावित समाचार