विश्व प्रतिष्ठित 'लोकार्नो फिल्म फेस्टिभल'मा मिनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले उत्कृष्ट अवार्ड जितेको छ ।
फेस्टिभलको ७७औँ संस्करणमा चलचित्रकी मुख्य कलाकार थिन्ले ल्हामोले उत्कृष्ट अभिनयको लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी हुन्।
निर्माण टिमले प्रेस विज्ञप्ति जारी गर्दै लोकार्नोमा दक्षिण एसियाबाट पहिलो नेपाली कलाकारे यस्तो अवार्ड पाएको जनाएको छ ।
‘साम्बाला’ मा थिन्लेले बहुपति प्रथा अनुसार विवाह गरेकी डोल्पाली महिला पेमाको भूमिका निर्वाह गरेकी छन् ।
‘कलाकार थिन्लेले प्रतिष्ठित अवार्ड जितेको घोषणा गर्न पाउँदा हामी निकै रोमाञ्चित र गौरवान्भित भएका छौँ। शम्बाला टीम कलाकार थिन्ले र समग्र टीमलाई यस उदाहरणीय सफलताका लागि हार्दिक बधाई र आभार प्रकट गर्न चाहान्छ । यो अवार्ड जित्नु थिन्लेको उत्कृष्ट अभिनयको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि प्रेरणा प्रदान गर्ने महत्वपूर्ण क्षण हो’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो अवार्ड नेपाली कलाकारले जित्नु विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने फिल्म निर्माण पक्षले जनाएको छ।
निर्देशक भामसहित कलाकार कार्म, थिन्ले ल्हामोलगायत फेस्टिभलमा पुगेका थिए ।