साहित्यकार दीपा राई पुनकी आमालाई ‘मौलशोभा राई आमा सम्मान’

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान २०८१’ ले सम्मान गरिने भएको छ। नेपाली साहित्य र समाज सेवाको क्षेत्रमा दीपा राई पुनले पुर्याएको योगदानस्वरूप उनकी आमा विमला राईलाई सो सम्मान दिइने भएको हो।

५० हजार रुपैयाँ र ताम्रपत्र रहेको सो सम्मान दीपा राई पुनको जन्म दिन पारी कात्तिक २९ गते अनलाइन अभिलेख प्रालिद्वारा आमालाई अर्पण गरिने बताइएको छ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक रहेको निर्णायक समितिले उक्त सम्मानको निर्णय गरेको हो। निर्णय समितिमा डा. सुकराज राई, सिद्धराज राई, विमला तुम्खेवा र कमल ज्ञवाली रहेका छन्।

पुरस्कार संस्थापक डा. पूरन राईले स्थापना गरेका हुन्। उनको जन्मदिन पारी उक्त सम्मानको घोषणा गरिएको बताइएको छ।

डा. राईले भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने बताएका छन्।

सुझावित समाचार