संघीय संसद्को संयुक्त समितिका सभापतिले लिए शपथ

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

संघीय संसद्का दुईवटा संयुक्त समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्।

संसदीय सुनुवाइ समिति सभापतिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्वान्त समिति सभापतिमा एमालेका ठाकुर गैरे निर्विरोध निर्वाचित भएका छन्। 

दुवै सभापतिले बिहीबार सभामुख देवराज घिमिरेबाट शपथ लिएका हुन्। शपथलगत्तै दुवै सभापतिले पदभार ग्रहण गरेका छन्।

सुझावित समाचार