भक्तपुरको गट्ठाघरमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुने व्यक्ति उत्तम कोइराला रहेको खुलेको छ। ना. ६ ख २१७३ नम्बरको ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बिहीबार दिउँसो उनकाे मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजन कार्कीले दुर्घटनाग्रस्त स्कुटर उत्तम कोइरालाको नाममा दर्ता भएको र सवारीचालक अनुमति-पत्रसमेत उनकै नाममा जारी भएको हुँदा मृत्यु हुने उनी नै रहेको बताए। उनले भने, ‘बिहीबार दुर्घटनामा एकजनाको मृत्यु भयो।
घटनास्थलमा मृतकको परिचय खुल्ने कुनै कागजात फेला परेन। दुर्घटनाग्रस्त स्कुटको नम्बर उत्तम कोइरालाको नामा दर्ता भएको भेटियो। लाइसेन्स पनि सोही नाममा जारी भएको खुल्यो। त्यसो हुँदा दुर्घटनामा मृत्यु हुने पनि उहाँ नै हो कि भन्नेमा हामी पुगेका छौँ।’
(सच्याइएकाे : यसअघि प्रकाशित समाचारमा दुर्घटनामा मृत्यु हुने व्यक्ति स्कुटीचालक महिला पर्न गएकाेमा सच्याइएकाे छ । प्रहरीले दुर्घटनामा मृत्यु हुने व्यक्ति पुरुष रहेकाे पुष्टि गरेकाे हाे ।)