रोशनराज भट्टराईको शब्दमा दुई तिज गीत सार्वजनिक

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

रोशनराज भट्टराईको शब्द तथा अभिनयमा दुईवटा मौलिक तिज गीत युट्युबमा सार्वजनिक भएको छ। दुवै गीतमा मोडल सञ्चिता बोलाखे तथा रोशनराज भट्टराईको अभिनय रहेको छ।

‘जून बरिलै’ एनओएम क्रिएसन तथा ‘माइतीको सम्झना’ आर्ट चौतारीमार्फत सार्वजनिक गरिएको हो। ‘जून बरिलै’मा अन्नु चौधरी तथा ‘माइतीको सम्झना’मा शान्तिश्री परियारको स्वर रहेको छ।

तिजको मौलिकता झल्किने दुवै गीतमा दीपकराज विश्वकर्माको संगीत रहेको छ। मदन खड्काको कोरियोग्राफी तथा निर्देशन रहेको दुवै भिडियोलाई वीरेन्द्र भट्टले खिचेका हुन्।

सुझावित समाचार