‘प्रहरी हुँ’ भनी दुःख दिने दुई समातिए

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

‘प्रहरीको सिआइडी हुँ’ भनी सर्वसाधारणलाई दुःख–हैरानी दिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १७ छोरेपाटनका ३२ वर्षीय सन्दीप श्रेष्ठ र पोखरा– ७ माछापुच्छ्रेका २६ वर्षीय सरोज थापा रहेको कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

पोखरा– २ बागलुङ बसपार्कमा ‘हामी सादा पोसाकका प्रहरी अर्थात् सिआइडी हौँ’ भनी नागरिकलाई दुःख दिई शरीरको तलासी लिई चेकजाँच गर्ने, पैसा असुल गर्नेसँगै कानुनी दायरामा ल्याउने भनी डरत्रास देखाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सर्वसाधारणलाई दुःख–हैरानी दिएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

See More On

सुझावित समाचार