खनिज ठेक्कामा अनियमितता गरेको अभियोगमा गोदावरीका मेयर महर्जनसहित सबैलाई सफाइ

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयरसहित सबैले सफाइ पाएका छन्। विशेष अदालतले बुधबार यससम्बन्धी पाँच मुद्दामा फैसला गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २१ जेठमा मेयर गजेन्द्र महर्जनसमेतलाई प्रतिवादी बनाउँदै पाँचवटा मुद्दा दायर गरेको थियो। आर्थिक वर्ष ०७५/७६ देखि नै वार्षिक रूपमा राजस्व हिनामिना गरेको अभियोग लगाइएको थियो।

सबै मुद्दामा गरी एक अर्ब रुपैयाँ बिगो निर्धारण गरी मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको हो। यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाले फैसला गरेका हुन्। 

सुझावित समाचार