शान्ति प्रक्रियालाई पूर्णता दिन सहयोग गर्ने सबैलाई प्रचण्डको धन्यवाद

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई पूर्णता दिन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। ०६१ बाट सुरु भएको शान्ति प्रक्रियाको सुरुवात ढिलै भए पनि टुंगोमा पुगेको भन्दै उनले यो पूर्णताले राजनीतिक यात्रालाई अझै फराकिलो बनाएको उल्लेख गरे ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसअघि भएको जटिल र पेचिलो सेना समायोजन र हतियार व्यवस्थापन पनि विनाजटिलता भएको उल्लेख गर्दै हतियार व्यवस्थापन माओवादीलाई घाटा गराएर भए पनि आफूले देशलाई दुर्घटनाबाट बचाएको उल्लेख गरे ।

हतियार व्यवस्थापनकै कारण माओवादी पार्टी फुटेको बताए । उनले नेपालको शान्ति प्रक्रिया अर्गानिक भएको भन्दै अरू देशको नक्कल नभएको बताए । 

See More On

सुझावित समाचार