एमएडब्लुको सोरुम पोखरामा

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिले पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका– १०, बुद्धचोकमा कम्पनीले आइतबारदेखि अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ र कम्पनीका सिइओ तुषार गुप्ताले संयुक्त रूपमा उद्घाटन गरेका छन् । 

सोरुममा फोटोन र सोकोनका विभिन्न भेरियन्टका कमर्सियल गाडी रहेका छन् । फोटोन चीनमा झन्डै ६ दशकदेखि व्यावसायिक रूपमा वाहन निर्माण गर्दै आएको कम्पनी हो । फोटोनको आधिकारिक वितरकका रूपमा कम्पनीले हाइरुफ इभी भ्यान, टुनल्यान्ड र टिएम वानसहितका गाडी बिक्रीका लागि राखिएको सिइओ गुप्ताले जानकारी दिए । यसै वर्षभित्र नारायणगढ र इटहरीमा समेत शाखा विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

यसैगरी, सोकोन मोटर्सको बहुमुखी इसी ३६ भ्यान पनि सोरुममा उपलब्ध छ । सो भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टमा उपलब्ध रहेका सेल्स प्रमुख नवीन आचार्यले बताए । उनका अनुसार फोटोन र सोकोनका विद्युतीय र पेट्रोलियम गाडी पोखरा सोरुमबाट बिक्री गरिनेछ । जसमा ११ देखि १६ सिटसम्मका विद्युतीय गाडी रहेका छन् । सोरुममा ३३ लाख ९९ हजारदेखि ७० लाखसम्मका गाडी रहेको पोखरा शाखा प्रमुख किरण ओझाले जानकारी दिए । 

See More On

सुझावित समाचार