सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– १ उत्तरायणीबाट सशस्त्र वन रक्षक टोलीले साल प्रजातिको चिरान काठ बरामद गरेको छ ।
मंगलबार बिहान बन्दीपुरस्थित सबडिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले बिहान करिब डेढ बजेतिर चुरे वन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याएको सात थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानले जनाएको छ ।
विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले बेवारिसे अवस्थामा बरामद गरेको विभिन्न साइजको सात थान चिरान काठ बरामद गरी लहानस्थित डिभिजन वन कार्यालय ल्याएको छ ।
बन्दीपुर सबडिभिजनका प्रमुख अधिकृत देवेन्द्र पासवानसहित वनरक्षक प्रदीपकुमार सिंह, कारीराम ठाकुर, धर्मदेव यादव, देवकुमार साहलगायतको टोलीले चिरान काठ बरामद गरेको हो ।