बंगलादेशमा अल्पसंख्यकमाथि भएको हिंसाले लोसपा चिन्तित

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बंगलादेशमा हिन्दु, बौद्ध, अल्पसंख्यक धर्मावलम्बी नागरिकलगायत अन्य अल्पसंख्यकमाथि भइरहेको सांघातिक हमला तथा दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

लोसपा महासचिव डा. सुरेन्द्रकुमार झाले आइतबार प्रेस विज्ञप्ति जारी गरी मानव अधिकारको संरक्षण गर्दै हिन्दु, बौद्ध धर्मावलम्बी नागरिकको शान्तिसुरक्षाको प्रत्याभूति गर्न नवगठित सरकार तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संगठनलाई अपिल गरेका छन्। 

बंगलादेशमा नागरिकको सडक संघर्षले निर्वाचित सरकार प्रमुख अपदस्त भएको घटनाले लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भएको चिन्ता व्यक्त गरेको छ। 

अराजकताले जनताको शान्ति तथा समृद्धिको चाहनालाई आघात पुर्‍याउने भन्दै लोसपाले यथाशीघ्र शान्तिसुरक्षा बहाल गर्दै कानुनी राज्यको प्रत्याभूति होस् भन्ने चाहना लोसपाले राखेको छ। 

सुझावित समाचार