११ वर्षको उमेरमै चिनियाँ खेलाडीको ओलम्पिकमा डेब्यु

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

चिनियाँ खेलाडी झेङ हाओहाले ११ वर्षको उमेरमै पेरिस ओलम्पिकमा डेब्यु गरेकी छिन् । झेङले स्केटबोर्डिङमा प्रतिस्पर्धा गर्दै डेब्यु गरेकी हुन् । पहिलोपटकको ओलम्पिक यात्रा उनले सुखद बनाउन सकिनन् । उनी प्रारम्भिक चरणमा ६३.१९ स्कोरका साथ १८औँ स्थानमा रहिन् ।

यस खेलको स्वर्ण अस्ट्रेलियाकी अरिसा ट्रवले जितिन् । झेङले सात वर्षको उमेरमै स्केटबोर्डिङ सिक्न थालेकी हुन् । प्रशिक्षण सुरु गरेको चार वर्षभित्र नै उनी ओलम्पियन खेलाडी बनिन् ।

ओलम्पिक इतिहासकै कम उमेरकी उनी दोस्रो ओलम्पियन बनेकी छिन् । ओलम्पिकमा सबैभन्दा कान्छो खेलाडी ग्रिकका डिमिट्रिओस लाउन्ड्रास हुन् । उनले जिम्न्यास्टिकअन्तर्गत सन् १८९६ मा मात्रै १० वर्षको उमेरमा प्रतिस्पर्धा गर्दै कांस्य जितेका थिए । 

अमेरिकाकी मार्जोरी गेस्टिङले ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण जित्ने कीर्तिमान राखेकी छिन् । सन् १९३६ मा उनले थ्री मिटर स्पिङ बोर्ड डाइभिङमा स्वर्ण हात पारेकी थिइन् । त्यसवेला उनको उमेर १३ वर्षको थियो । 

See More On

सुझावित समाचार