सन् १९६५ : दुई वर्षदेखि संघीय मलेसियाको एकाइको रूपमा रहेको सिंगापुरलाई मलेसियाले नै राख्न नचाहेपछि सो क्षेत्रका प्रधानमन्त्री ली क्वान युले अलग हुने सम्झौतामा हस्ताक्षर गरे । मलेसियासँग अलग्गिन नचाहेका ली त्यस अवसरमा भावुक भएका थिए ।
सन् १८०२ : नेपोलियनले उत्तर अमेरिकास्थित उनको देशको उपनिवेश हाइटीमा पुनः दासप्रथा लागू गर्ने आदेश दिए ।
सन् १८८४ : जर्मनीले हालको नामिबिया भनिने अफ्रिकी भूमि कब्जामा लियो ।
सन् १९३४ : अमेरिकी पुनरावेदन अदालतले जेम्स जोइसको चर्चित उपन्यास ‘युलिसस’लाई प्रतिबन्धित गर्ने प्रयास गलत ठहर गर्ने तल्लो अदालतको निर्णय सदर गरिदियो ।
सन् १९४८ : अमेरिकी नागरिक एलिस कोचम्यान ओलम्पिक स्वर्णपदक जित्ने पहिलो अफ्रिकन मूलकी महिला बनिन् ।
सन् १९६४ : टर्कीले साइप्रसको ग्रिक बसोवास क्षेत्रमा हवाई आक्रमण सुरु गर्यो ।
सन् १९७६ : अमेरिकाले प्रक्षेपण गरेको भाइकिङ द्वितीय ११ महिनाको उडानपछि मंगलग्रहको परिवृत्तमा प्रवेश गर्यो ।
सन् १९९० : कुवेतमाथि इराकको आक्रमणको परिप्रेक्षमा अमेरिकाले साउदी अरबमा आफ्नो देशको सेना परिचालन गरेर अप्रेसन डिजर्ट सिल्ड सुरु गर्यो ।
सन् २०२२ : अमेरिकी सिनेटले जलवायु परिवर्तनसम्बन्धित ‘इन्फ्लेसन रिडक्सन एक्ट’ नामक विशाल आर्थिक प्याकेज पारित गर्यो ।