काभा नेसन्स लिगः इरानविरुद्ध लगातार दोस्रो सेटमा नेपाल विजयी

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण
काभा नेसन्स लिगः इरानविरुद्ध लगातार दोस्रो सेटमा नेपाल विजयी

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगको फाइनल प्रवेशका लागि इरानसँग भिडिरहेको नेपालले लगातार दुई सेट जितेको छ।

फाइनल प्रवेशका लागि अब नेपालले एक सेट मात्र जिते पुग्छ। समूह चरणमा व्यहोरेको पराजयको बदला लिँदै फाइनल प्रवेश गर्ने लक्ष्यसहित नेपाल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भिडिरहेको छ।

नेपालले इरानविरुद्ध पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ मा जितेको हो।
दोस्रो सेटको मध्यसम्म निकै बलियो अवस्थामा अग्रता कायम राखेको नेपाल त्यसपछि भने पछाडि परेको थियो। तर, गुम्न लागेको सेटमा उषा भण्डारीले लगातार तीन अंक जोड्दै नेपाललाई खेलमा फर्काइन्।

सुझावित समाचार