आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेस एक्सिलेन्स अवार्ड समारोह शनिबार सम्पन्न भएको छ ।
कम्पनीका प्रमुख प्रवद्र्धक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवि फुँयाल, नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) दिनेश अमात्य, कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं तथा कम्पनीका ब्रान्ड एम्बासडर दीपकराज गिरी र दीपाश्री निरौलाको उपस्थितिमा देशभरका एजेन्सी म्यानेजर तथा अभिकर्तालाई सम्मानित गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा आर्थिक वर्ष ०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्ने सातै प्रदेशका अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।