रेजिना पाण्डेको कथासंग्रह ‘अस्तित्व’ सार्वजनिक

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

लेखिका रेजिना पाण्डेले ‘अस्तित्व’ कथासंग्रह ल्याएकी छिन्। उनको यो तेस्रो कृति हो। यसअघि ‘अविरल पानाहरू’ र ‘सुख खोज्दाका दिनहरू’ कवितासंग्रह प्रकाशित भइसकेका छन् ।

कथासंग्रहमा १७ कथा समावेश छन्। सबै कथा प्रेम र नारीभावलाई केन्द्रमा राखेर लेखिएको छ। विगतका कृतिबाट प्रोत्साहन मिलेपछि आफूले यस कथासंग्रह ल्याएको लेखिका पाण्डेले बताइन् ।

कथाकारले आफ्ना कथाहरूमा निकै सजिलोसँग स्वास्नीमानिसका असहजतालाई केलाएको लेखक तथा पत्रकार मणि लोहनी बताउँछन्। उनी भन्छन्, ‘जिन्दगी बाँच्ने क्रममा एउटी महिलाले भोग्ने हरेक दुर्दशालाई उनका कथामा पढ्न पाइन्छ ।’

सुझावित समाचार