थाई एयर एसियाले पायो उडान अनुमति

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

एयर एसिया ग्रुपअन्तर्गतको थाई एयर एसियाले थाइल्यान्डबाट नेपाल उडान गर्न स्वीकृति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाई एयर एसियालाई सातामा चारवटा उडान भैरहवाबाट र तीनवटा काठमाडौंबाट गर्ने स्वीकृति दिएको हो ।

थाई एयर एसियाले २० सेप्टेम्बर २०२४ देखि बैंककबाट काठमाडौंमा सातामा सातै दिन (दैनिक एक) उडान गर्न अनुमति मागेको थियो । तर, चारवटा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तीनवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न अनुमति दिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

‘१ नोभेम्बरदेखि त्रिभुवन विमानस्थल १० घण्टा बन्द गरेर स्तरोन्नतिको काम हुँदै छ, विमानस्थल १४ घण्टा मात्र खुला गरिने हुँदा क्यापासिटी नै कम हुन्छ,’ उनले भने, ‘यसैले हाललाई काठमाडौं र भैरहवाबाट उडान गर्ने गरी स्वीकृति दिइएको छ ।’

सुझावित समाचार