बाघको आक्रमणबाट दोधाराचाँदनीकी महिलाको मृत्यु

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

बाघको आक्रमणबाट कञ्चनपुरकाे दोधाराचाँदनीमा एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर बाघको आक्रमणबाट दोधाराचाँदनी नगरपालिका– २ चाँदनी कमलाशाही टोलकी अन्दाजी २३ वर्षीया हिरा  शाहीको मृत्यु भएको हो।

बिहानै घाँस काट्न उखुबारीमा गएकी शाहीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश जोशीले जंगली बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु भएको बताए ।

दुई दिनअघि मात्रै बाघको आक्रमणमा परेर शुक्लाफाँटा नगरपालिका– ५ खजुवाकी ३० वर्षीया महिला मानमती साउद घाइते भएको दोस्रो दिन बाघले दोधाराचाँदनीमा आक्रमण गरेको छ। अहिले पनि बाघ उखुबारीमै लुकेको छ। बाघको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको छ । 

तीन वर्षमा कञ्चनपुरमा बाघको आक्रमणबाट तीन महिलाले ज्यान गुमाएका छन् । गत वर्ष ८ वैशाख ०८० मा उखुबारीमै घाँस काट्ने क्रममा बेलौरी नगरपालिका– ८ पचुईकी ४० वर्षीया गंगा चन्दको मृत्यु भएको थियो । त्यसको अघिल्लो वर्ष १० चैत ०७९ मा पुनर्वास नगरपालिका– १० विकास बस्तीकी ३५ वर्षीया कमला सार्कीको घाँस काट्ने क्रममा मृत्यु भएको थियो । 

See More On

सुझावित समाचार