कर्णालीमा पर्यटनबाट दुई करोड १४ लाख राजस्व संकलन

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण
कर्णालीमा पर्यटनबाट दुई करोड १४ लाख राजस्व संकलन

रारा ताल : संजित परियार/नयाँ पत्रिका

कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट रु. दुई करोड १४ लाख ७५ हजार ९१७ राजस्व संकलन गरेको छ।

आर्थिक वर्ष ०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट रु. ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट रु. ९० लाख ९० हजार, काँक्रेबिहारबाट रु. ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट रु. ७१ लाख १४ हजार ४१७ राजस्व संकलन गरेको हो।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख ‘भ्युटावर’बाट संकलन भएको राजस्व यसमा समावेश भएको छैन।

पर्यटकीयस्थलले युक्त कर्णालीका सल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि  मन्त्रालयसँग नभएको उनले बताइन्।

सुझावित समाचार