साहित्यकार नरेन्द्रराज प्रसाईंद्वारा लिखित ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिको लोकार्पण भएको छ। नइ प्रकाशनको संयोजनमा वानीरा फाउन्डेसनले शुक्रबार राजधानीमा गणेशकवि श्यामदास वैष्णवको शतवार्षिकी मनाउने क्रममा सोही कृति लोकार्पण भएको हो।
लोकमानसिंह कार्की, नीर शाह, शंकर गिरी, इन्दिरा प्रसाईंलगायतबाट लोकार्पण गरिएको हो। उक्त कृतिमा वैष्णवको जीवनका सम्पूर्ण दस्ताबेजलाई प्रस्तुत गरिएको छ। समारोहका प्रमुख वक्ता नीर शाहले श्यामदास वैष्णवका जीवनका विविध पक्षमाथि प्रकाश पारे।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा मदनदास श्रेष्ठ, भगवती बस्नेत र नरेन्द्रराज प्रसाईंले वैष्णवको जीवन र कृतिको बारेमा स्पट पारेका थिए।
‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिमा वैष्णवको बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, उत्तम कुँवर र वानीरा गिरीसँगको अन्तरसम्बन्ध पनि खुलाइएको छ।