काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ।
विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। विमानमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेका बताइएको छ।
घाइते चारजनामध्ये जहाजका क्याप्टेनको केएमसी अस्पतालमा उपचार भइरहेको छ।
जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।