कोशी प्रदेशमा आत्महत्याको घटना कम हुन सकेको छैन । तीन वर्षअघि ०७८/७९ मा एक हजार ४८२ जनाले आत्महत्या गरेका थिए । गत वर्ष ०७९/८० मा कोशीमा एक हजार ५५४ जनाले आत्महत्या गरेका छन । आर्थिक वर्ष ०७९/८० मा कोशीमा एक हजार ५४८ जनाले आत्महत्या गरेका थिए ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले बढ्दो आत्महत्या अपराध नियन्त्रणमा चुनौती बनिरहेको बताए । उनका अनुसार प्रहरीले रोकथामका लागि नागरिक समाजसँग सहकाार्य गरेर सचेतना कार्यक्रम सञ्चालन गर्दै आए पनि आत्महत्या घटन सकेको छैन ।
गरिबी, बढ्दो बेरोजगारी, चरम महत्त्वाकांक्षा र असफलता, घरेलु हिंसा, अपहेलना, घृणा र दुर्व्यवहार, असक्त रोग, वैदेशिक रोजगारमा असफलता, ऋणको बोझ, मनोरोग आदि विभिन्न कारणले गर्दा मानिसले आत्महत्या गर्ने गरेको अध्ययनले देखाएको छ ।