प्रहरीको आवरणमा धाकधम्की देखाएर सर्वसाधारणसमक्ष रकम माग गर्ने एकजनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा पोखरा महानगरपालिका– १६ बाटुलेचौर बस्ने वर्ष २१ का सुजित क्षेत्री रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारणलाई ‘म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईंहरूको केही काम छ भने भन्नुहोस् गरिदिन्छु’ भन्ने र सर्वसाधारणसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा क्षेत्रीलाई पक्राउ गरिएको थापाले जानकारी दिए ।
पोखरा- १६ लामाचौरबाट पक्राउ परेका क्षेत्रीलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । यसरी धाकधम्की देखाएर सर्वसाधारणलाई ठगी गर्ने थापाले के–कति रकम असुल गरे ? त्यसबारेमा प्रहरीले केही बताएको छैन।