बलियो सरकार निर्माण गर्न कांग्रेस-एमाले मिलेका हुन् : देउवा

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण
बलियो सरकार निर्माण गर्न कांग्रेस-एमाले मिलेका हुन् : देउवा

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा धारणा राख्दै कांग्रेस सांसद शेरबहादुर देउवा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा बलियो सरकार निर्माणका लागि प्रमुख दुई दलले गठबन्धन बनाएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा धारणा राख्दै देउवाले मुलुकको समुन्नतिका लागि राजनीतिक स्थिरता चाहिएको र त्यसका लागि ठूला दल मिल्नुपरेको बताए।

उनले प्रधानमन्त्री ओली अत्यन्त मिहिनेती र अध्ययनशील नेता भएको भन्दै प्रशंसासमेत गरे। ‘प्रधानमन्त्री ओली अत्यन्त मिहिनेती र अध्ययनशील नेता हुनुहुन्छ । उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्नेछ भन्ने विश्वास लिएको छु,’ कांग्रेस सभापति देउवाले भने।  

उनले वर्तमान सरकार गठन भएपछि मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएको भन्दै सरकारले लिने लक्ष्य सफल हुने विश्वास व्यक्त गरे।

सुझावित समाचार