साउन २४ देखि २६ सम्म (अगस्ट ८–१०) भारतको राजधानी दिल्लीमा डिजे प्रदर्शनी हुँदै छ । आयोजक संस्थाको एक टोलीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपालबाट पनि डिजे इच्छुकको उपस्थितिका लागि अनुरोध गरेको छ ।
प्रदर्शनीका संयोजक म्यानुएल डायसले नेपालका संगीत, मनोरञ्जन तथा डिजेमा अभिरुचि राख्ने व्यक्ति तथा संस्थालाई आमन्त्रण गरिएको बताए । ‘भारतीय डिजे एक्स्पो प्लाटफर्मले सन् २०१४ मा स्थापना भएदेखि नै सरकार र जनताबाट पाएको समर्थन र प्रेम साँच्चै उल्लेखनीय छ,’ उनले भने ।
भारतमा हुने डिजे प्रदर्शनी सबै उद्योग व्यवसायीका लागि अवसरका रूपमा लिइन्छ । प्रदर्शनीमा २५० भन्दा बढी ब्रान्ड सहभागी हुँदै छन् । संयोजक डायसका अनुसार एक्स्पोमा लाउडस्पिकर, स्पिकर कम्पोनेन्ट्स, एम्प्लिफायर, डिजे उपकरण, लेजर, प्रकाश तथा एलइडी स्क्रिनका विशेष प्रकारका उपकरण, केबल, कनेक्टर र स्पिकरका धेरै उपकरण प्रदर्शनी गरिनेछन् ।