सुनको मूल्य नौ सयले बढ्यो

मंगलबार, १ साउन, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु. नौ सयले वृद्धि भएको छ। आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।

सोमबार प्रतितोला रु. एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ।

यस्तै, सोमबार प्रतितोला रु. एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु. एक लाख ४७ हजार एक सय निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ। सोमबार प्रतितोला रु. एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ७५ निर्धारण भएको छ।

सुझावित समाचार