जोकोभिकलाई फेडेररको कीर्तिमान बराबर गर्ने अवसर

आइतबार, ३१ असार, २०८१
डिजिटल संस्करण

नोभाक जोकोभिकलाई रोजर फेडेररसँगै आठौँपटक उपाधि जितेर कीर्तिमानी बराबर गर्ने अवसर

बिम्बल्डन च्याम्पियनसिप २०२४ को पुरुष एकलतर्फ उपाधिका लागि आज साबिक विजेता कार्लाेस अल्कारेज र नोभाक जोकोभिकबीच प्रतिस्पर्धा हुँदै छ । लन्डनस्थित सेन्टर कोर्टमा हुने खेलमा स्पेनिस खेलाडी अल्कारेज लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छन् । गत वर्ष पनि उनले जोकोभिकलाई नै हराएर उपाधि जितेका थिए । जोकोभिक भने प्रतियोगिताका निकै अनुभवी खेलाडी हुन् । उनले दशौँपटक फाइनलमा स्थान बनाउँदा सातपटक उपाधि जितिसकेका छन् । 

रोजर फेडेररले आठपटक जितेको उपाधि कीर्तिमान जोकोभिकलाई बराबर गर्ने अवसर छ । जोकोभिक र पिट सम्प्रसाले समान सातपटक उपाधि जितेका हुन् । 

सेमिफाइनलमा जोकोभिकले इटालियन खेलाडी लोरेन्जो मुसेट्टीलाई सीधा सेटमा हराएका हुन् । पहिलो सेटबाटै अग्रता बनाएका जोकोभिकले ६–४, ७–६ र ६–४ को जित निकालेका हुन् । 

यसअघि विश्व नम्बर ३ स्पेनिस अल्कारेजले लन्डनको सेन्टर कोर्टमा विश्व नम्बर ५ डेनियल मेदवेदेवलाई हराएका हुन् । तीन घन्टासम्म चलेको प्रतिस्पर्धामा अल्कारेजले ६–७, ६–३, ६–४ र ६–४ को जित निकालेका थिए । खराब लयबाट गुज्रिएका अल्कारेजले त्यसपछि कमब्याक गरेका हुन् । पहिलो सेट गुमाएपछि उनी पुनरागमन गर्न सफल भएका थिए । 

See More On

सुझावित समाचार