भारत १० विकेटले विजयी

आइतबार, ३१ असार, २०८१
डिजिटल संस्करण

पहिलो खेलमा पराजित भारतले त्यसपछिका तीनै खेल जित्दै सिरिज आफ्नो पक्षमा पार्यो

जिम्बावेविरुद्धको तेस्रो टी–२० खेलमा भारत १० विकेटले विजयी भएको छ । हरारेमा भएको चौथो खेल जितेसँगै भारतले सिरिज एक खेलअघि नै जितेको छ । पहिले ब्याटिङ गरेको जिम्बाब्वेले सात विकेट गुमाउँदै एक सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा भारतले १५.२ ओभरमा जित निकालेको थियो । 

पहिलो खेल हारे पनि भारतले लगातार तीन खेल जितेको हो । अन्तिम तथा पाँचौँ खेल आइतबार हुनेछ । पहिलो खेलमा घरेलु टोली जिम्बाब्वे १३ रनले विजयी भएको थियो । दोस्रो खेलमा एक सय रनले जित निकाल्दै भारतले सिरिज १–१ को बराबरी गरेको हो । तेस्रो खेल पनि भारतले २३ रनले जितेको थियो । 

आइसिसी टी–२० विश्वकपछि भारतले युवा टोलीलाई जिम्बाब्वे भ्रमणमा पठाएको थियो । आफ्नो पहिलो कप्तानीमा गिल देशलाई सिरिज जिताउन सफल भएका छन् । यसै खेलबाट चेन्नई सुपर किंग्सका तीव्रगतिका बलर तुसार देशपान्डेले डेब्यु गरेका छन् । भारतको जितमा ओपनरद्वय यसश्वी जैसवाल र कप्तान शुभमन गिलले अर्धशतक बनाए ।

जैसवालले एक्लै ९३ रन बनाए । विश्वकप जित्ने टोलीको बेन्चमा रहेको जैसवालले पहिलो खेलमै आफूलाई प्रमाणित गरेका छन् । सिरिजमा पहिलो खेल खेलेका उनले ५३ बलमा १३ चौका र २ छक्का हिर्काएका थिए । गिलले ३९ बलमा ६ चौका र दुई छक्कासहित ५८ रन बनाए । जिम्बावेले ६ बलर प्रयोग गरे पनि विकेटविहीन भएका थिए ।

See More On

सुझावित समाचार