नारायणी नदीमा भेटिएका तीनवटै शव सिमलताल दुर्घटनाको भएको पुष्टि

आइतबार, ३१ असार, २०८१
डिजिटल संस्करण

चितवन र नवलपुरस्थित नारायणी नदीकिनारमा भेटिएका तीनवटा शव सिमलताल बस दुर्घटनामा परेर हराएका यात्रुको भएको पुष्टि भएको छ । नवलपुरको गैाडाकोट- ७ गैरीस्थित नारायणी नदीकिनारमा भेटिएका दुईवटा शवमध्ये थप एकजनाको पनि सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार उक्त शव चितवनको माडी नगरपालिका- १ बस्ने वर्ष २२ का विकास परियारको रहेको पुष्टि भएको छ ।

वीरगन्जबाट काठमाडौंतर्फ गई रहेको एञ्जल लेखेको बा.प्र ०३००६ ख १५१६ नम्बरकाे बसमा सवार रहेको भनी मृतकका दाइ विजय परियारले सनाखत गरेको प्रहरीले जनाएको छ । अन्य दुईवटा शवको हिजो नै सनाखत भएको थियो।

भरतपुर– २८, गोलाघाटस्थित नारायणी नदीकिनारमा भेटिएको शव गणपति डिलक्सका यात्रु भारतीय नागरिक २८ वर्षीय ऋषि पल साह र गैँडाकोट नगरपालिका– ७ स्थित नारायणी नदीकिनारमा शनिबार दिउँसो दुई पुरुषको शव भेटिएकोमा एउटा गणपति डिलक्सकै यात्रु ११ वर्षीय रमित माझीको रहेको पुष्टि भएको थियो। 

यसैबीच नवलपुर र पश्चिम नवलपरासी नारायणी नदीकिनार आसपास प्रहरीले दुर्घटनामा परेका यात्रुहरूको खोजी सुरु गरेको छ ।

See More On

सुझावित समाचार