साँफे–मार्तडी सडक अवरुद्ध

शनिबार, ३० असार, २०८१
डिजिटल संस्करण

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं २ ताँप्री सेरानजिकै गए राति सडकमाथिबाट पहिरो खसेपछि साफेँ–मार्तडी सडक अवरुद्ध भएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीसम्म आउने र जाने सवारीसाधनहरूबीच बाटोमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारीसाधन बन्द छन्। जिल्ला सदरमुकाम मार्तडी र उत्तर पूर्वी भेगमा रहेका चार स्थानीय तहसहित छिमेकी जिल्ला मुगु, हुम्ला, जुम्लालगायका जिल्ला जाने यात्रुहरू समस्यामा परेका स्थानीय प्रेमला धामीले बताए।

पहिरो हटाएर सडक सञ्चालन गर्न भने समय लाग्ने सडक डिभिजन कार्यालय साँफेका सुपरपाइजर चन्द्र गिरीले जानकारी दिए। उनका अनुसार आजै साँफेबाट डोजर पठाइसकेको छ।

सुझावित समाचार