प्रतिनिधिसभाको बैठक सुरु

प्रधानमन्त्रीले लिने विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण
प्रतिनिधिसभाको बैठक सुरु

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न पेश गर्ने प्रस्तावमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभाको बैठक । तस्बिर : संजित परियार/नयाँ पत्रिका ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नयाँबानेश्वरस्थित संसद् भवनमा सुरु बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ।

बैठकमा प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि त्यसमा छलफल हुने, आ–आफ्ना दलहरूले धारणा राख्ने तथा अन्तिममा मतदान हुनेछ।

सत्तासहयात्री दल एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धन गर्ने गरी सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

सुझावित समाचार