नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका– १ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुविलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका– १ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।
सिन्धुली होटेल ढिँडो सर्भिस एन्ड गेस्टहाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेस्टहाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले बताएको छ ।