नेसनल लाइफ इन्स्योरेन्सले नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनोट हुन सफल अभिकर्तालाई नेपालगन्ज र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।
विजेता अभिकर्तालाई नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाले सम्मान गरिएको थियो । सम्मान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बिमितलाई सबैभन्दा बढी बोनस प्रदान गर्दै आएको र पुनः आफ्नो बोनसदरलाई सबैजनाको प्रयासबाट यथावत् राख्न सफल भएकोमा अभिकर्ता समूहलाई धन्यवाद दिए ।
साथै, उनले नेसनल रत्नमा छनोट हुने अभिकर्तालाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार नै नेपालगन्जमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ता तथा महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका अभिकर्तालाई सम्मान गरिएको बताए ।
त्यस्तै, कम्पनीका प्रबन्धक विवेक शर्माले उपस्थित अभिकर्तालाई आआफ्नो लक्ष्य पूरा गर्ने अन्तिम अवसर रहेको भन्दै अभिकर्ताको लक्ष्य प्राप्तिमा विशेष जोड दिनुपर्ने बताए ।