रामेछापको मन्थली नगरपालिका– ७ भटौलीमा मंगलबार साँझ प्र ३–०१–०२३ च ३९०९ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य सातजना घाइते भएका छन् ।
गाडी दुर्घटनामा परी मन्थली नगरपालिका- ७ की मैया विकको घटनास्थलमै ज्यान गएको हो । गाडीमा सवार अन्य सातजना घाइते भएका छन् । उनीहरूको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।
सदरमुकाम मन्थलीबाट क्षमताभन्दा बढी यात्रु लिएर खाँडादेवी गाउँपालिका– ९ पिङ्खुरीतर्फ जाँदै गरेको गाडी मन्थली नगरपालिका– ७ भटौली र खाँडादेवी गाउँपालिका- ९ पिगंखुरीको सिमानामा पर्ने मानेडाँडामा दुर्घटना भएको हो ।